झापा, बैशाख २९ । थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको सूचनाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। जसमा कपिलवस्तु को यशोधरा गाउँपालिका(५ र बुद्दभुमि नगरपालिका—७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ र एक जना नाम नखुलेका पुरुष छन् । मन्त्रालयको विवरण अनुसार हालसम्म १० संक्रमितकै स्वास्थ्य सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्