दमक, बैशाख ३१ । टिपरको ठक्करबाट झापाको दमकमा आज विहान एक जना साईकलयात्रीको ज्यान गएको छ ।

दमक ५— स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८.१५ वजेतिर को.१ ख.५५२४ नम्बरको टिपरको ठक्करवाट दमक नगरपालिका वडा नम्बर १ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको टिपरले विपरित दिशाबाट गईरहेका साईकलयात्रीलाई ठक्कर दिँदा दर्जीको घटनास्थलमा नै ज्यान गएको उनले बताए ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ बर्षिय केदार प्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्