भद्रपुर, जेठ २ । भद्रपुर नगरक्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसित उपभोक्ता केन्द्रित राहतसम्बन्धि माग राखेर नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको छ ।

कोरोना संक्रमण त्रासले गरिएको लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई महशुलमा ५० प्रतिशत भन्दामाथि छुट दिनु पर्ने, मितव्ययी प्रशासनका लागि खर्च कटौती गरिनु पर्ने तथा सामाजिक उत्तरदायित्वका राहत कार्यक्रममा सहभागिताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, राजेन्द्र रिजाल, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, नगर उपसभापति ज्ञानबहादुर चौहानलगायत वडा सभापतिहरू गोपालप्रसाद श्रेष्ठ, लावन्य पोखरेल, चेतनाथ भट्टराईको टोलीले खानेपानी संस्थान भद्रपुर, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति, चन्द्रगढी दोस्रो खानेपानी समितिलाई ज्ञापनपत्र बुझाएको थियो ।

संस्थान तथा उपभोक्ता समितिहरूले आफ्नो हैसियत अनुसार महशुल छुट दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले चैत्र बैशाखमा बन्द कामहरू जेठ १ गतेदेखि सुरू गरिएको जानकारी दिँदै मिटर रिडिङ र महशुल संकलनको काम पनि सुरु भएको जनाएका छन् । विहान ८ देखि ११ बजेसम्म महशुल काउन्टर खुला रहने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्