झापा, जेठ ३ । झापाको कचनकवलमा लोपोन्मुख एउटा सालक वरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कचनकवल— ५ पाठामारी नजिकै नेपाल भारत सिमावर्ती क्षेत्रमा शुक्रवार सेतो प्लास्टिकले पोको पारेको अवस्थामा सो सालक भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक साकारराज पन्तले बताए ।
पाठमारी प्रहरी चौकीको गस्ती टोलीले बरामद गरेको सालकलाई डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्