काभ्रे ,जेठ ३ । नेपालमा कोरोना भाइरसका कारण पहिलोपटक २९ वर्षीया महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको कोरोनाकै कारण मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाइ बिहीबार अस्पताल पुर्याइएको थियो । कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीया महिलाको उपचारको क्रममा राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका—९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । अस्पतालबाट घर फर्किएपछि श्वासप्रश्वासमा समस्या देखिएर उनलाइ धुलिखेल अस्पताल लगिएको थियो । उनको थ्रोठ स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर गएकी महिलाको कोरोनाकै कराण मृत्यु भएपछि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पनि थप सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्