दमक, बैशाख ३ । लायन्स क्लव अफ दमक माउण्ट मकालुको वर्ष २०२०–२०२१ को नेतृत्व चयन भएको छ ।

क्लवको सम्पन्न साधारणसभाले सन्तोष दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । दमक ६ स्थित सदाशिक्षा निकेतनका सञ्चालक समेत रहेका युवा व्यक्तित्व दाहाल क्लवका संस्थापक वन्ने अवसर समेत पाएका छन् ।
सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राजन प्रसाई ,द्वितीय उपाध्यक्षमा अनिल सुवेदी, तृतीय उपाध्यक्षमा बद्री बराल, सचिवमा कुलवहादुर बस्नेत (रवि )र सदस्यहरुमा सुरेन्द्र दाहाल,घनश्याम अधिकारी, मनबहादुर केसी,दुर्गा कार्की,शारदा दाहाल लगायत २१ सदस्यीय चुनिएका छन् ।
क्लवमा अधिकांश संस्थागत विद्यालय सञ्चालन गर्दै आएका युवाहरु आवद्ध रहेको र लायन्सको मूल्य,मान्यता अनुसार सामाजिक गतिविधिहरु सञ्चालन गरिने द्वितीय उपाध्यक्ष अनिल सुवेदीले बताए ।

यूनाईटेडको समेत नयाँ नेतृत्व
लायन्स क्लव अफ दमक युनाइटेडको पनि वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ । क्लबको शुक्रबार सम्पन्न क्लवको साधारणसभाले इन्जिनियर प्रकाश गजमेरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा साजन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बिकेक श्रेष्ठ, तृतीय उपाध्यक्षमा निर्पा गजमेर (गोपाल ) , सचिवमा प्रदिप गौतम र कोषाध्यक्षमा डाक्टर रोजन बस्नेत चुनिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्