बिर्तामोड । प्रहरीले झापाको दक्षिणी सीमा क्षेत्रमा साइकल गस्ती शुरु गरेको छ । नेपाल–भारत सीमामा रहेको अस्थायी सुरक्षा पोष्टमा खटिएका प्रहरीले साइकलबाट पनि गस्ती शुरु गरेसँगै सुरक्षा बढेको छ ।

सिमा क्षेत्रको सूरक्षाका लागि प्रहरीले विगत ४ दिनदेखि गस्ती शुरु गरेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए । प्रदेश १ सरकारले प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत झापालाई गस्तिका लागि २५ थान साइकल उपलब्ध गराएको थियो । एक पोष्टदेखि अर्को पोष्टसम्मको खाली जमिनमा प्रहरीले साइकल गस्तीबाटै सीमामा सुरक्षा गर्ने प्रमुख कोइराला बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्