झापा, जेठ ४ । विराटनगर महानगरपालिकामा २ र धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पीसीआर टेष्टको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको प्रदेश १ कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनले संक्रमितलाई अस्पताल ल्याउने तयारी भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्