झापा, जेठ ५ । आज एकैदिन ६२ जनामा कोराना भाइरस रोगको पुष्टि भएको छ ।

बाँकेमा ४६ पुरुष,१ महिला गरि ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षण मोरङका १ पुरुष, भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मिका १ पुरुष, धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १, धादिङका १,रौतहटका १ र दाङका १ गरि ५३ जना नयाँ पुष्टि भएको हो । यसअघि आजै विहान रौतहटका ८ र बाराका १ गरि ९ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो । आज दिउसोको अद्यावद्यिक अनुसार ६२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ३५७ पुगेको छ । ३६ जना निको भएर घर गएका छन् भने २ जनाको मृत्यु भएको छ । हालसम्म ३४ जिल्लामा संक्रमण देखिएको छ । जसमा प्रदेश १ मा ४०,प्रदेश २ मा १३२,बागमती प्रदेशमा १८,गण्डकी प्रदेशमा ३,प्रदेश ५ मा १५९ र सुदुपश्चिममा ५ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये पुरुषको संख्या २९८ छ भने महिलाको संख्या ५९ रहेको छ । 

पीसीआर परीक्षणको दायरा बढ्यो,४१२ जना आइसोलेसनमा
प्रवक्ता देवकोटाले प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा २ हजार ५५८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ३० हजार ७२३ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्टबाट ७० हजार ५६० जनाको परीक्षण भयो । उहाँका अनुसार फागुन मसान्तसम्म पीसीआर मार्फत ४५६ जनाको परीक्षण भएको थियो,चैत मसान्तमा आइपुग्दा बढेर ५ हजार १८४,बैशाखमा २१ हजार ३४० पुग्यो भने जेठ महिनाको आजको दिनसम्म ३० हजार ७२३ जनाको परीक्षण भएको छ । उनले परीक्षणको दायरा बढ्दै गएको बताउदै हाल २० हजार ९० जना क्वारेन्टाइनमा बसिरहेको बताए । उनले आज काठमाडौं उपत्यकामा २६ सहित देशभर ४१२ जना आइसोलेसनमा बसिरहेको बताए। 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्