गौरादह, जेठ ६ । गौहत्याको आरोपमा तीनजना पक्राउ परेका छन् ।

हिजो बिहान गौरादह ५ का पिताम्बर काफ्लेको खेतमा कालो रङको गाईको बाछोको टाउको र दुईवटा खुट्टा पुरेको अवस्थामा फेला परेपछि खोजतलास गर्दा सोही ठाउँका तीनजनाले बाछो काटेको पत्ता लागेको थियो । घटनामा संलग्न भएको आरोपमा गौरादह .४ बस्ने बर्ष २८ का रमेश दर्जी,सोही ठाउँका बर्ष ५० का रमेश सतार र बर्ष ६० का मद्रासी सतारलाई दमक प्रहरीले पक्राउ गरेको जिल्ला प्रकरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्