झापा, जेठ ६ । नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हिजो साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन् ।धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस—१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए । योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रतिघण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ । सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्