विर्तामोड , जेठ ६ । झापा र मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका ४ मोतिपुर बस्ने पंकज झाका २ बर्षीय छोरा निखिल झा र झापाको बिर्तामोड नगरपालिका १० का धिरेन राईका ४ बर्षीय छोरा सुदेन राई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान ८ बजेको समयमा बिर्तामोडको सैनिकमोडबाट सैनिक बजारतर्फ जाँदै गरेको मे.१ च. ५६०२ नम्बरको गाडीले ठक्कर दिंदा घाईते भएका बालकलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसैगरी झालाई सोमवार अपरान्ह साँढे ४ बजेको समयमा मोरङको मोतिपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण् तर्फ जाँदै गरेको ना. ४ ख.६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भई उपचारको लागि नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा ५ बजे मृत्यु भएको हो । दुबै घटनाका सवारी साधन तथा चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्