बिर्तामोड, जेठ ६ । वडा कार्यालयको समन्वयमा बिर्तामोड ३ को दुई ठाउँमा संचालित सामुहिक खाना खुवाउने कार्यक्रमबाट करिव १२ हजारले खाना खाएर भोक टारेका छन् ।

अफरोज सहितको टोली

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न करिव दुई महिनादेखि जारी लकडाउनले भोकमरीमा परेका विपन्नलाई लक्षित गरी बिर्तामोड ३ को पाँच स्थानमा निशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो । त्यसमध्ये हिजो एक ठाउँमा र आज दुई ठाउँमा कार्यक्रम सम्पन्न गरिएको छ । बिर्ताबजार र नयाँ समावेशी टोलमा खाना खुवाउने कार्यक्रम केही दिनका लागि आज स्थगित गरिएको वडा कार्यालयले जनाएको छ । ती दुवै ठाउँमा गत बैशाख २९ गतेदेखि सो कार्यक्रम संचालन गरिएको थियो ।

बिर्ताबजारमा खाना दिदै

९ दिनमा नयाँ समावेशी टोलमा १ हजार २५२ परिवारका ६ हजार १३१ जनाले खाना खाएको कार्यक्रम संयोजक अफरोज खानले जनाएका छन् । उनका अनुसार पहिलो दिन बैशाख २९ गते ९६ परिवारका ४२६, ३० गते ११२ परिवारका ५५६, ३१ गते १२१ परिवारका ६०७, जेठ १ गते १३९ परिवारका ७०७, २ गते १४७ परिवारका ७४५, ३ गते १५३ परिवारका ७६५, ४ गते १५६ परिवारका ७५०, ५ गते १६३ परिवारका ७८५ र अन्तिम दिन आज १६५ परिवारका ७९० जनाले खाना खाएका छन् । कार्यक्रम संयोजक खानले खानाका लागि ज्ञानुराम प्रसाई, एकका लागि एक अभियान, सजेश शिवाकोटी लगायत २३ जना दाताले नगद तथा खाद्यान्न सहयोग गरेको बताउँदै सहयोगका लागि समावेशी टोल विकास संस्थालाई पनि धन्यवाद दिए ।

खाना पस्कदै वडाध्यक्ष सिटौला

त्यसैगरी सोही दिनदेखि बिर्ताबजारमा संचालित कार्यक्रममा १ हजार ८३ परिवारका ५ हजार ८४० जनाले खाना खाएका छन् । बैशाख २९ गते ५० परिवारका २६०, ३० गते ७५ परिवारका ४००, ३१ गते १०७ परिवारका ५६०, जेठ १ गते १४१ परिवारका ७२५, २ गते १३३ परिवारका ७१०, ३ गते १५० परिवारका ७७५, ४ गते १४० परिवारका ७९६, ५ गते १३९ परिवारका ८०७ र ६ गते १४८ परिवारका ८०७ जनाले खाना खाएको आयोजक समितिका बासुदेव माझीले बताए । उनले ९ दिनसम्म संचालन गरिएको त्यस कार्यक्रममा प्रत्येक दिन फरक फरक दाताले सहयोग गरेको जानकारी दिए । बैशाख २९ गते अन्जु खड्का, ३० गते मीरा खड्का, ३१ गते दीपक मास्के, जेठ १ गते खगेन्द्र र प्रेम उप्रेती, २ गते छत्रबहादुर र शान्ता बुढाथोकी, ३ गते सम्फी दास , ४ गते चिरञ्जिवी र सुदर्शन देव , ५ गते कमला अग्रवाल, ललित शाह र ब्रजेश मेहता तथा अन्तिम दिन अष्ट्रेलियामा रहेका बिर्तामोडका दीपक खनाल, रुपराज मैनाली, अशोक उप्रेती, प्रमोद प्रसाई, राजन शिवाकोटी र राजकुमार खड्काले प्रायोजन गरेका थिए ।बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको उपस्थितिमा समिति गठन गरेर सामुहिक खाना खुवाउने प्रबन्ध मिलाइएको आयोजक समितिका पदम प्रसाईले बताए । बिर्तामोड— ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो ।

मेची आँखा अस्पताल अगाडि खाना खुवाउने कार्यक्रम हिजो सम्पन्न भएको हो । त्यहाँ भोकमरीमा पर्न लागेका ७ हजार ६८५ जनालाई बिर्तामोड— ३ का व्यवसायी रामेश्वर मण्डलले निशुल्क खाना खुवाएका थिए । सामुहिक भोजनको व्यवस्था गरी उनले २ हजार ९१५ परिवारलाई भोकै बस्नबाट जोगाएका हुन् । बिर्तामोड ३ सैनिकमोडको मेची आँखा अस्पताल अगाडि होटल व्यवसाय गर्ने मण्डलले गत बैशाख २१ गतेदेखि जेठ ५ गतेसम्म १६ दिन सामुहिक खाना खुवाउने कार्यक्रम संचालन गरेका थिए । उनले पहिलो दिन बैशाख २१ गते १८० , २२ गते ३६०, २३ गते ४१०, २४ गते ४६०, २५ गते ३९०, २६ गते ४२५, २७ गते ४६०, २८ गते ४५०, २९ गते ५१०, ३० गते ५२०, ३१ गते ४८०,जेठ १ गते ५००, २ गते ६१०, ३ गते ५८०, ४ गते ६०५ र अन्तिम दिन जेठ ५ गते ७४५ जनालाई खाना खुवाएको विवरणमा उल्लेख छ । बैशाख २६ गतेदेखि चौसठ्ठी काली मन्दिर टोलमा संचालन भइरहेको कार्यक्रम भोलि समापन हुँदैछ । त्यस्तै बैशाख ३० बाट करेलाबारी टोलमा शुरु गरिएको कार्यक्रम पनि भोलि नै सकिने टोल विकास संस्थाका अध्यक्ष कुमार कन्दङबाले बताए । ‘ बिर्तामोड नगरपालिकाले दोस्रो चरणको राहत वितरण शुरु गरेका कारण खाना खुवाउने कार्यक्रम स्थगित गरेका हौँ ’ वडाध्यक्ष सिटौलाले भने,‘ खाँचो महसुस भएमा पछि पनि त्यसलाई निरन्तरता दिइने छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्