विराटनगर, वैशाख ७ । प्रदेश १ मा वुधवार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापा कचनकवलका ५ जनालाई पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावमा परीक्षणपछि उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । मंगलवार मात्र कचनकवलबाट ९ जना संक्रमित विराटनगरस्थित कोरोना उपचार केन्द्रमा लगिएको कोशी अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिए । आज थप २५ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले थप २५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्