झापा, जेठ १२ । आज साँझ जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ ।

साँझ ५.४० बजे गौरीगंज गाउँपालिका २ स्थित नेपाल— भारतको दशगजा क्षेत्रभित्र मकैबारीमा आएको हात्तीले भारत पंचायत सिंगीमारी —६ बस्ने ३० वर्षिय साईलो मुर्मुलाई आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनापश्चात् प्रहरी चाकी कोरोबारीबाट प्रहरी टोली खटिएर २ वटा हात्तीलाई भारततर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही दिन अघि जंगली हात्तीको आक्रमणबाट कचनकवलमा एक बृद्धको ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्