मेचीनगर , जेठ १२ । आज साँझ मेचीनगर— ५ मा आगलागी भएको छ ।

आगलागीबाट मेचीनगर— ५ घोडाजिन निवासी नैनबहादुर अधिकारीको २ बिघाको परालको कुन्यु जलेर नष्ट भएको छ । आगलागी भएलगत्तै मेचीनगरको बारुणयन्त्र, स्थानीयबासी र नकलबन्दा प्रहरी चौकीको सहयोगबाट लगभग एक घन्टा लगाएर आगो नियन्त्रण लिइएको थियो । मेचीनगरको दमकलको पानी हाल्ने तरिका र बारुणयन्त्रका कर्मचारीको व्यवहारका बारे स्थानीयबासीहरुले गुनासो गरेका छन् । दमकलले पानी थोरै खोलेको र अलि ठूलो पानी खोल्न आग्रह गर्दा बारुणयन्त्रमा काम गर्ने कर्मचारीहरुले ‘पराल त हो के हुन्छ ’ भनेको स्थानीयले बताएका छन् । मेचीनगर नगरपालिकामा दुईवटा दमकल रहेकोमा एउटा बिग्रिएर थन्किएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्