झापा, जेठ १४ । नेपालमा १४ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

रौतहटको क्वारेन्टाइन

हेटौंडामा कोरोना जाँच गराउँदा उनीमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिए । कोरोना संक्रमण रहेको महिला गर्भवती रहेको श्रोतले जनाएको छ । संक्रमित महिलालाई भरतपुर अस्पताल पठाइएको हेटौडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
यस्तै रौतहटमा थप ७ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको गढीमाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना पुरुषमा कोरोना संक्रमण श्रोतले जनाएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा र रौतहटको ८ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै बाग्लुङ्गमा ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण भएको हो । संक्रमण देखिएका सबै भारतबाट आएका हुन्। बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुष गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै देशभर कोरना संक्रमितको संख्या ७८६ पुगेको छ । यसअघि हिजो मात्रै देशमा थप ९० वटा केश देखिएको थियो । — हेल्थपाटीबाट

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्