काँकरभिट्टा, जेठ १५ । झापाकोे मेचीनगरमा चार महिनामा ६४ जना नयाँ क्षय रोगी फेला परेका छन् । योसँगै मेचीनगरमा नयाँ र पुराना गरी क्षय रोेगीको संख्या ९२ पुुगेको छ ।

फाइल तस्वीर

यसअघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिहीबार राष्ट्रिय क्षय रोग कार्यक्रमअन्तर्गत मेचीनगर नगरपालिकाअन्तर्गतका स्वास्थ्य केन्द्र्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग क्षयरोग कार्यक्रमसम्बन्धि दोस्रो चौमासिक गोष्ठीमा सम्बन्धित केन्द्रका क्षयरोग फोकल पर्सनहरुले प्रस्तुत गरेको तथ्याङ्कले नगरमा क्षय रोेगका नयाँ विरामी फेला परेको देखाएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा शाखा संयोजक शशीकला राईले नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित आधा दर्जन स्वास्थ्य केन्द्र रहेको जानकारी दिईन् । गोष्ठीमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रका क्षयरोगका फोकल पर्सन दीपेन्द्र चौधरी, काँकरभिट्टा स्वास्थ्य केन्द्रका लेखनाथ खतिवडा, धाइजन स्वास्थ्य केन्द्रका सविता सापकोटा, दुहागढी स्वास्थ्य केन्द्रका अमृतबहादुर कार्की, ज्यामिरगढी स्वास्थ्य केन्द्रका दिवाकर पौडेल र बाहुनडाँगी स्वास्थ्य केन्द्रका क्षयरोगका फोकल पर्सन दुर्गादेवी गौतमले आ आफ्नो केन्द्रको क्षयरोगको चौमासिक विवरण प्रस्तुत गरेका थिए ।
१४ देखि ४९ उमेर समुहका महिला तथा पुरुषमा यसको बढी संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । मेची अञ्चल अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत बयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्