झापा, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हंशलाल राजवंशीको निधन भएको छ ।

झापा मेचीनगर निवासी राजवंशीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि ६३ वर्षिय राजवंशीलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । न्युरो हस्पिटलको भेन्टिलेटरमा ५५ घन्टादेखि बेहोस अवस्थामा उनको उपचार भइरहेको थियो । तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष र मेचीनगर नगरपालिकाका मेयरका उम्मेद्वार समेत रहेका ६३ वर्षीय नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय थिए । कोचिला राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रहेका झापाको कम्युनिष्ट आन्दोलनको अगुवा, आदिवासी नेता, सरल र मिलनसार व्यक्तित्वका धनी राजवंशीको निधनप्रति नेकपाका विभिन्न कमिटीले दुख व्यक्त गरेका छन् । विराटनगरबाट शव ल्याएर आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्