झापा, जेठ १८ । नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना भाइरस रोगको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले दैलेख र बाजुरामा कोरोनाका कारण एक—एक जनाको मृत्यु भएको जानकारी दिए । दैलेखमा ३५ वर्षका पुरुष र बाजुरामा २ वर्षकी बालिकाको मृत्यु भएको हो । योसंगै नेपालमा कोराना कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले देशका विभिन्न स्थानमा गरिएको प्रयोगशाला परीक्षणमा आज १६२ जना पुरुष र ४ महिलालाई गरी १६६ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । संक्रमित मध्ये १ हजार ४५० पुरुष र ११७ महिला छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्