दमक, जेठ १९ । वन्दाबन्दीलाई सदुपयोग गर्दै दमक जेसीजसहित विभिन्न जेसीजहरुको संयुक्त आयोजनामा सातदिने योग शिविर सम्पन्न गरिएको छ ।

दमकसहित कपन जेसीज, नारायणगढ जेसीज र बुटवल लेडी जेसीजको संयुक्त आयोजना तथा २०२० राष्ट्रिय अध्यक्ष जेसीआई नेपाल प्रमुख कार्यकारी सहायक रविन पोख्रेलको टेक्निकल सहयोगमा सातदिने योग शिविर सम्पन्न गरिएको दमक जेसीजका महासचिव सञ्जीव बरालले बताए । जुम एपमार्फत अनलाईनबाट सञ्चालित योग शिविरमा देशभरिका सय वढीले सहभागिता जनाएका थिए ।
शिविरमा कपन जेसीजका पूर्वअध्यक्ष योग गुरु दुर्गादेव सुवेदी प्रमुख प्रशिक्षक रहेका थिए । बन्दाबन्दीमा योगासनको महत्व र स्वस्थ्य मानिसका लागि योग अनिवार्य भएकाले त्यस प्रकारको अनलाइन प्रशिक्षण सञ्चालन गरिएको दमक जेसीजका अध्यक्ष कमल कटुवालले बताएका छन् ।
जेठ १० देखि १७ गतेसम्म दैनिक विहान ६ वजेदेखि ७ ः३० वजेसम्म शिविर सञ्चालन भएको थियो । शिविर उद्घाटनमा युवा नेता गगन थापा र समापनमा नेपाल जेसीज २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्