झापा, जेठ २० । पहिलो चरणमा झापाका ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले उनीहरुको वीमा गरिदिएको हो । महासंघले स्थापना गरेको सहारा उपचार कोषमा आवद्ध पत्रकारको वीमा गरिदिएको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत वीमा संघ बिर्तामोड इन्स्युरेन्स प्रोफेसन सोसाइटी ( आइपीएस) मार्फत पत्रकारको वीमा गरिएको हो ।
पेशागत वीमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम हस्तान्तरण गरेको उपचार कोषका संयोजक एकराज गिरीले बताए । वीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ वीमा कम्पनीले उपलब्ध गराउने छ ।
दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत वीमा गरिने महासंघले जनाएको छ । उक्त कोषमा ४५ लाख रुपैयाँ जम्मा छ । १०१ जना सदस्य रहेको उक्त कोष १ करोडको बनाउने लक्ष्य रहेको संयोजक गिरीले बताए ।
यसैबीच, नेपाल पत्रकार महासंघ प्रदेश — १ का सदस्य तीर्थ सिग्देलले झापाका २० जना पत्रकारको कोरोना वीमा गरिदिने घोषणा गरेका छन् ।
आज ( जेठ २० गते ) उनको जन्मदिन हो। सोही अवसरमा उनले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्