चारआली , जेठ २१ । आपतकालिन प्रतिकार्य केन्द्रले सावधानीका विभिन्न उपायहरु अपनाउँदै हिजो चारआलीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नवीन युवा क्लब चारआली, दारी ग्याङ झापा, मेचीनगर नगरपालिका १३ नं वडा कार्यालय,ब्लड डोनर्स् नेपाल, हाम्रो अभियान र सत्यसाई केन्द्रको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको नवीन युवा क्लबका सचिव नयन पाठकले जानकारी दिए । कोभिड हिरो नाम दिइ गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको थियो ।कार्यक्रममा रेडक्रस झापा सभापति लोकराज ढकाल, इमर्जेन्सी रेस्पोन्स सेन्टरका दिपक दास, नवीन युवा क्लबका अध्यक्ष सुशान्त पोख्रेललगायतको उपस्थिति रहेको युवा सामाजिक अगुवा नवीन खतिवडाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्