झपा र जेठ २१ ।। झापामा बुधबार थप एक जनामा कोरोना पुष्टि भएको छ । कमल गाउँपालिका १ का १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो । कोभिड अस्पताल धरानमा गरिएको परीक्षणमा ति युवामा कोरोना पुष्टि भएको हो । ती युवा भारतबाट विराटनगर नाका स्वदेश फर्किएका हुन् ।
सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बसेका उनको स्वाब संकलन गरी धरान पठाइएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार उनलाई उपचारका लागि धरान पठाउने तयारी भइरहेको जनाइएको छ । योसँगै जिल्लामा संक्रमितको संख्याको ११६ पुगेको छ। झापाको क्वारेन्टाइनमा बसेका ताप्लेजुङ र पाँचथरका चारजनामा संक्रमण देखिएको छ । यो जोड्दा झापामा क्रमितको संख्या १२० पुगेको छ ।
आजसम्ममा झापाका १५ मध्ये ९ वस्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ । कचनकवल गाउँपालिकामा एक सय जना, बाह्रदशी र गौरीगञ्जमा चार चार जना, गौरदाहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका, बुद्ध शान्ति गाउँपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित भेटिएका छ्न् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्