दमक, जेठ २१ । दमक–८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले व्यावसायिक रुपमा कागती खेती शुरु गरेको छ । संस्थाले कमल गाउँपालिका वडा नम्बर १ रतनचौनमा व्यावसायिक रुपमा कागती खेती शुरु गरेको हो ।

आज एक औपचारिक कार्यक्रम गरी संस्थाले कागती खेती रोप्न शुरु गरेको व्यवस्थापक कृष्णराज गोलेले बताएका छन् । कागती बिरुवा संस्थाका अध्यक्ष जीतमान राईले रोपेर शुभारम्भ गरेका थिए । उनले कागती खेतीले व्यावसायिक रुपमा कृषि क्षेत्रमा नयाँ काम थालिएको उल्लेख गरे ।
संस्थाको आफनै दुई विगाहा १० कठ्ठा जमिनमा एक हजारवढी सुन कागती जातका बिरुवा रोप्ने काम सम्पन्न गरिएको संस्थाका सचिव एलडी सोताङले जानकारी दिए । दुई वर्षभित्रमा कागतीले उत्पादन शुरु गर्ने जनाईएको छ ।
वृक्षरोपण शुभारम्भ कार्यक्रममा संस्थाका उपाध्यक्ष धनराज राई,लेखा समिति संयोजक मनिकुमार राई, सञ्चालक समिति र उपसमितिका पदाधिकारी तथा सदस्यहरु,शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्