झापा, जेठ २२ ।झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भद्रपुरको क्वारेन्टाइनमा बसेका तीन जना र कचनकवलको क्वारेन्टाइनमा बसेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । भद्रपुरको कलवलगुडी क्वारेन्टाइनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र वडा नम्वर –३ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कलवलगुडीकै क्वारेन्टाइनमा बसेका कचनकवल–६ का ४५ वर्षीय पुरुष र कचनकवल ४ का अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएर पथरीया मावि क्वारेन्टाइनमा बसेको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताए । यसअघि भद्रपुरको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि भारतबाटै आएका थिए । कचनकवलमा मात्रै संक्रमितको संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्