बिर्तामोड , जेठ २४ । नोना कोइराला फाउण्डेशनले झापाको मेची अञ्चल अस्पताललाई कोरोना संक्रमणबाट जोगिन प्रयोग गरिने हजारौं मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समन्वयमा फाउण्डेशनले ती सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस झापामार्फत कोरोना स्वास्थ्य उपकरण मेची अञ्चल अस्पताललाई उपलब्ध गराइएको कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए । कांग्रेस झापा सभापति उद्घब थापा नेतृत्वको टोलीले अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई सहयोग हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको सामग्रीमा दुई सय पिस सर्जिकल किट , मास्क लगायतका उपकरण समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्