बिर्तामोड, जेठ २६ । बिर्तामोड– १ चारपानेका नारायण राजवंशी र फुलनदेवी राजवंशीले एक महिनाको भाडा नलिने घोषणा गरेका छन ।

उनीहरूको मार्केटमा १७ वटा सटर छन् । किरानादेखि व्युटिपार्लरसम्मका व्यवसाय रहेको मार्केटको एक महिनाको भाडा नलिने राजवंशी दम्पतीले आइतबार घोषणा गरेका हुन् ।सटरको मात्र होइन घरको फ्लाटमा बस्नेसँग पनि भाडा नलिने नारायणले बताए । सरकारले घरधनीहरुलाई लकडाउनका समयको कम्तिमा एक महिनाको भाडा नलिन गरेको आग्रहअनुसार यस्तो घोषणा गरेको उनले बताए । सामाजिक उत्तरदायित्व ठानेर भाडा मिनाहा गरेको राजवंशी दम्पतिको भनाइ छ ।नारायण चारपानेका समाजसेवी हुन् । उनले धेरै क्षेत्रमा दान गरिसकेका छन् । शिक्षण संस्था, धार्मिक लगायत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएका उनीहरुको आयस्रोतको मुख्य माध्यम भने घर भाडा नै रहेको बताइन्छ । यद्यपि,घरभाडा मिनाहा गरेको नारायणले बताए ।राजवंशी दम्पतीले गरेको घोषणा स्वागतयोग्य र अनुकरणीय रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्