बिर्तामोड, जेठ २६ । झापाको हल्दिबारीमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर हल्दिबारी क्वारेन्टाइनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको हल्दिबारी गाउँपालिकाले पुष्टि गरेको छ । भारतको आसाम र दिल्लीबाट आएकाहरुमा कोरोना देखिएको हो । उनीहरु २३ र ३१ वर्षका छन् । हल्दिबारी क्वारेन्टाइनमा बसेका २८ जनाको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्