दमक , जेठ २६ । दमक ३ मा रहेको चेतनशील सहकारी संस्था र बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी एकापसमा गाभिएका छन् ।

दमकमा आज दुवै सहकारीका सञ्चालकले पत्रकार सम्मेलन गर्दै सरकारको नियमअनुसार मर्ज प्रक्रियामा गएको जानकारी दिएका हुन् ।
दुई सहकारी एक भएपछि नाम भने सिम्रिक सहकारी रहने र केन्द्रीय कार्यालय बिर्तामोड रहने सहमति अनुसार अव दमकमा सिम्रिक सहकारीको १८ औं सेवा केन्द्रको रुपमा सञ्चालन हुने चेतनशील सहकारीका उपाध्यक्ष नविन योगीले जानकारी दिए ।यसअघि सिम्रिक सहकारीका जिल्लाभित्र विभिन्न १७ वटा सेवा केन्द्र सञ्चालनमा थिए । पत्रकार सम्मेलनमा चेतनशील सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर योगीले २ लाख ५० हजारबाट शुरु भएको सहकारीले करिब २ करोड ५० लाखको कारोबार गर्दै आएपनि अब सबै सहकारी एक हुने अवस्था आएको तथा सरकारको नीति पनि सोही अनुरुप भएकाले मर्जमा गएको बताए ।
सिम्रिक सहकारीका अध्यक्ष कमलबहादुर बस्नेतले गत जेष्ठ १ गतेबाट दुई सहकारी एक भई काम थालेको र अहिले सञ्चालक समिति गठन, कर्मचारी ब्यवस्थापन लगायतका काम भईरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्