गाैरीगंज , जेठ २६ / झापाकाे गारीगंज गाउँपालिकामा ७ जनामा आज काेराेना संक्रमण पुष्टि भएकाे छ ।

विराटनगरस्थित काेशी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैरीगंज ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ बर्षिय पुरूषहरूमा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।भारतकाे महाराष्ट्रबाट आई गाैरीगंज ६ काे खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा रहेका १ जना र भारतकाे हरियाणाबाट आई खजुरगाछी माविकाे क्वारेन्टाइनमा रहेका मध्ये ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । गाैरीगंज आईपुगेका उनीहरूकाे जेठ २३ र २४ गते थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्