दमक , जेठ २६ । पिकअप गाडीको ठक्करवाट आज अपरान्ह झापाको दमकमा एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका १ का ७८ बर्षिय दुर्गाप्रसाद अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।प्रहरीका अनुसार दमक १ को भित्री सडकखण्डमा दिउँसो पौने ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा पैदलयात्री वृद्ध अधिकारीको मृत्यु भएको हो । ठक्करवाट घाईते भएका अधिकारीको स्थानीय लाईफलाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्