झापा,जेठ२७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हालसम्म मृत्यु हुनेहरुको विवरण प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । ‘म पनि घटनास्थलतिर जाँदैछु’, उनले भने ।
घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले पनि एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।स्रोतका अनुसार सिजापती लागू औषध दुव्र्यसनी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्