हल्दिबारी , जेठ २८ । झापा हल्दिबारी— ५ जलथल सोडागान्धीकी बाल्की किस्कु र ४ की ललिता टुडुलाई राहत प्रदान गरिएको छ ।

उनीहरूलाई जनही ३० केजी चामल,नुन, तेल,साबुन र दाल वितरण गरिएको हो । बाल्की ७३ वर्षीया एकल महिला र ललिता बुबाआमा भारतमा रहेकी असहाय महिला हुन् । नेपाली कांग्रेस महासमिति सदस्य बडाराम हेमरमले राहत हस्तान्तरण गरेको सामाजिक अभियन्ता भुपाल बस्नेतले जानकारी दिए । अमेरिकामा रहेका बिर्तामोड निवासी रबिन श्रेष्ठ र नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ “ख“ प्रदेशका सभापति नवीन विमलीको संयुक्त पहलमा सो सामग्री जुटाइएको हो । अत्यन्तै गरिब तथा विपत्तिमा परेका, चुल्हो नबलेका, हातमुख जोड्न नसकिरहेका र अप्ठ्यारोको सामना गरिरहेका ५५ परिवारलाई सहयोग वितरण गरिने लक्ष्य रहेको अभियन्ता बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्