झापा, जेठ २९ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाका ३० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा कचनकवलका २६ , भद्रपुरका एक र गौरीगञ्जका ३ रहेका छन् । उनीहरूको पछिल्लो कोभिड १९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्