झापा, जेठ २९ । झापामा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ । आज दक्षिणी झापाको कचनकवलमा थप ३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय ५६ पुगेको हो । थपिएका नयाँ संक्रमितहरु भारतबाट आएका हुन् ।

झापाका १३ पालिकामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित कचनकवलका छन् । कचनकवलमा संक्रमितको संख्या १ सय १५ पुगेको छ । झापाका विर्तामोड र शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कचनकवलपछि सबैभन्दा बढी गौरीगंजमा १४ जनामा संक्रमण पुष्टि भइसकेको छ । भद्रपुरमा ४, मेचीनगरमा २, कन्काईमा ३, दमकमा १, गौरादहमा ४ बुद्धशान्तिमा ५ जनामा कोरोना संक्रमण देखिसकेको छ । त्यस्तै, हल्दीबारीमा २, कमल गाउँपालिकामा १, बाह्रदशीमा ४ र झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यसैबीच झापाका आधाभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।आज ३० जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । घर फर्किनेमा कचनकवलका २६, गौरीगञ्जका ३ र भद्रपुरका एक रहेका छन् । यसअघि ६९ जना निको भएर फर्केका थिए । योसँगै घर फर्किनेको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्