झापा, जेठ ३० । नेपालमा महँगो मूल्यमा बिक्री हुन थालेपछि भारतबाट सूर्ती र सूर्तीजन्य बस्तुहरुको अबैध तस्करी बढेको छ ।

बरामद सूर्ती

भारतबाट लुकाइछिपाइ ल्याउदै गर्दा प्रहरीले एक साताभित्र विभिन्न स्थानबाट लाखौको सूर्ती बरामद गरेको छ । पछिल्लोपटक बुधबार साँझ झापा गाउँपालिका २ स्थित झापा बजारमा महेश किराना पसलको गोदाममा अबैध रुपमा भारतबाट लुकाईछिपाई राखेको अवस्थामा २० हजार बराबरको नुर बिडी , ५० हजार बराबरको सूर्ती, धुप , नरीवलको तेललगायतका सामान प्रहरीले बरामद गरेको हो ।
त्यस्तै मेचीनगर १५ स्थित मेची खोलाको किनारमा भारतबाट लुकाईछिपाई ल्याउदै गरेको ३ बोरा ( १५० केजी पत्ता सूर्र्ती ) प्रहरीले बरामद गरेको छ । लकडाउनका बेला सिमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएपनि भारतबाट अबैधरुपमा नेपालतर्फ सूर्र्ती ल्याउने क्रम बढेको छ । यसअघि प्रहरीले गौरीगञ्ज ५ बस्ने ५० वर्षिय मटरलाल गन्गाईले साईकलमा अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ८ केजी सूर्ती बरामद गरेको थियो । त्यस्तै झापा गाउँपालिका ३ कामाटोली बजारमा रहेको ब्रमन किराना पसलको गोदाममा अबैधरुपमा भारतीय सूर्ती राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले गोदाम खोल्न लगाई चेकजाँच गर्दा गोदामभित्र रहेको ६ बोरा भारतीय सूर्ती बरामद गरेको थियो । त्यसअघि गत साता गौरीगञ्ज १ कुञ्जीबारीस्थित वाल कल्याण मावि नजिकै भारतबाट तस्करले भित्र्याएको एक बोरा सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका थिए । अहिले नेपालमा चुरोट, बिडीलगायतका सूर्तीजन्य बस्तुहरुको अत्याधिक माग भई महँगोमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्