झापा, जेठ ३१ । झापामा आज एक महिलासहित ५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेहरुमा गौरीगञ्जका ३ , शिवसताक्षीका एक र बाह्रदशीका एक रहेका छन् । शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा रहँदैं आएकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । ती महिला भारतको दिल्लीबाट आएको बताइएको छ ।
शिवसताक्षी नगर क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले ती महिलामा कोरोना देखा परेको बताएका हुन् ।
हाल उक्त क्वारेन्टाइनमा २१ जना भारतका विभिन्न स्थानबाट आएर बसेका छन् । त्यस्तै बाह्रदशी १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । ती पुरुष भारतबाट आएर पशुपति मावि क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै गौरीगञ्जका तीन पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । योसंगै झापाको १४ स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्