झापा ,जेठ ३२ । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितकोे निशान छाप अब प्रचलनमा आउने भएको छ ।

हाल प्रचलित निशान छापलाई परिवर्तन गर्न सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित हुनुपर्छ । माथिल्लो सदनबाट विधेयक पारित भएमा संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ ।
तल्लो सदनले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको हो । राष्ट्रिय सभाबाट पारित भएसँगै नयाँ निशान छाप प्रयोग हुने भएको छ । संविधान संशोधन विधेयकमा सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्