झापा, जेठ ३२ । भारतीय अभिनेता सुशान्तसिंह राजपुत डिप्रेसनको औषधि सेवन गरिरहेका थिए भन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता राजपुतले आत्महत्या गर्ने समयमा त्यहाँ अन्य साथीहरु पनि भएका र साथीहरुले ढोका खोल्न अनुरोध गर्दा उनको मृत्यु भइसकेको उनका साथीहरुले बताएका छन्। राजपुत बसको कोठामा डिप्रेसनको औषधि र अन्य जाँच गराएका कागजपत्र मिलेको बताइएको छ । आज दिउँसो राजपुतले आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेका थिए। राजपुत नजिकका साथी तथा आफन्तका अनुसार उनी प्रेम सम्बन्ध थिए। जसले उनी केही समयदेखि समस्यामा रहेका भारतीय टिभी च्यानल तथा आमसञ्चारमाध्यमले जनाएका छन्। यसैबीच राजपूतका मेनेजेर दिसा सलियानले ६ दिनअघि आफू बसेको भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। यद्यपि प्रहरीले उनको मृत्युलाई आत्महत्या नभनी दुर्घटना उल्लेख गरेको थियो। उनी घटना भएको दिन नसामा रहेकी र झ्यालबाट खसेकी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्