भद्रपुर, जेठ ३२ । अबैध रुपमा काठ लादै गर्दा झापाको भद्रपुरबाट एकजना पक्राउ परेका छन् ।

आज बिहान भद्रपुर ३ ज्ञानेचोकमा मे१त २७०४ नं.को ट्याक्ट्ररमा अबैध काठ लोड गरी लादै गर्दा ट्याक्ट्रर चालक भद्रपुर २ बस्ने २२ वर्षिय प्रकाश बि.क. पक्राउ परेका हुन् । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिसौ जातको १८ वटा टुना (४७.४४ क्यु फिट) बरामद गरेको छ । ट्याक्ट्रर र चालकलाई कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय भद्रपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्