झापा, जेठ ३२ । झापाको गौरीगञ्जमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीगञ्ज ५ बस्ने २१ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । यस अघि हिजो मात्र गौरीगञ्जका तीन जनामा कोरोना पुष्टि भएको थियो । योसँगै झापामा संक्रमितको संख्या १७५ पुगेको छ । त्यसमध्ये १०९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्