झापा, असार १ । कोरोना संक्रमणबाट निको भएर झापाका थप ४ जना संक्रमित आज घर फर्किएका छन् ।

फर्किनेमा भद्रपुर नगरपालिका र गौरादह नगरपालिकाका एक–एक जना रहेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिका र गौरीगंज गाउँपालिकाका एक एक जना रहेका छन् । हालसम्म झापाका एक सय तेह्र जना कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाँईले बताए । झापामा १७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्