विराटनगर, असार १ । मेची अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकारले २३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १ नम्बर प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्गबोले मेची अञ्चल अस्पतालको लागि बजेट व्यवस्था गरेको जानकारी दिए । प्रादेशिक मेची अस्पतालको सेवाको गणुस्तर सुधार गर्न सिटी स्क्यान, हेमोडायलसिस सेवा,थप भेन्टिलेटरसहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको प्रबन्ध मिलाएको मन्त्री आङबोले बताए ।त्यस्तै उदयपुरको कटारी, झापाको दमक, सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्