भद्रपुर, असार १ । भन्सार छली भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

आज दिउँसो झापाको कचनकवल ५ पाठामारीमा अबैध रुपमा भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको हो । बिडी, सुर्ती, चियापती, अण्डरवेयर, भेष्ट, चिनी, खानेतेल र रजनीगन्धा गरी दुई लाख मूल्य बराबरको सामान बरामद भएको र आवश्यक कारबाहीको लागि ती सामान भद्रपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्