झापा, असार १ । झापाका थप दुईजनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची अस्पतालको आइसोलेसनमा बसेका विरामीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो ।

विरामी भएर मेची अस्पतालको आइसोलेसनमा रहेका भद्रपुर ८ का ३४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । कोरोना संक्रमणको लक्षण देखिएर २ दिन अगाडि भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ ।
२० दिन अगाडि भारतबाट नेपाल आइपुगेका ती व्यक्ति भद्रपुर ८ मा रहेको होटल कृष्णमा ८ दिन बसेर घर फर्किएका थिए । घर पुगेको केही दिनपछि रूघा, खोकी, ज्वरो आउने समस्या भएपछि २ दिन अगाडि अञ्चल अस्पताल ल्याइएको थियो ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइका अनुसार होटलको क्वारेन्टिनमा बस्दा पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको थियो । रूघा, खोकी ज्वरोको विरामी भएपछि मेची अस्पताल ल्याइएको उनको सोमबार परीक्षण पोजेटिभ आएको हो । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । त्यस्तै मेचीनगरमा पनि आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा कुल संक्रमितको संख्या १७६ पुगेको छ ।त्यसमध्ये आज ४ जनासहित ११३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्