दमक, असार १ । रोटरी क्लब अफ दमकले दमक ३ स्थित तारावारीको डिपु चौकमा निर्माण गरेको रोटरी सामुदायिक खानेपानीको योजना समुदायलाई हस्तान्तरण गरेको छ । त्यस योजना व्यवस्थापनका लागि वडा अध्यक्ष नविन वराललाई हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रम गरी नवनिर्मित खानेपानी योजनाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी र रोटरीका अध्यक्ष सन्दिप ( दिपु ) चापागाईले उद्घाटन गरे । करिव ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको रोटरी दमकका कार्यक्रम संयोजक भेनष श्रेष्ठले जानकारी दिए । खानेपानी योजना हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले रोटरीले सामाजिक कार्यमा पुर्याउँदै आएको कार्य प्रशंसनीय भएको जोड दिइन् ।
रोटरीले त्यहाँ समुदायलाई पठन संस्कृतिको विकास गराउने उद्देश्यले पुस्तकालय सञ्चालन गरेको छ । पुस्तकालमा आउने पाठकसहित स्थानीय समुदायलाई स्वच्छ पिउने पानीको उपलव्धतामा जोड दिन सो खानेपानी योजनाले प्रत्यक्ष सुविधा पुर्याउने अध्यक्ष चापागाईले बताए ।
रोटरीले विगत पाँच वर्षदेखि बर्सेनि सामाजिक कार्यअन्तर्गत विपन्न समुदायलाई लक्षित गरेर स्वच्छ पिउने पानीको व्यवस्था गर्दै आएको छ । त्यस अवसरमा रोटरीका पदाधिकारी ,सदस्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्