झापा, असार २ । मेची अस्पतालको आइसोलेसनमा बसेका अर्का विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

विरामी भएर मेची अस्पतालको आइसोलेसनमा भर्ना भएका कचनकवल ५ का ३७ वर्षिय पुरुषमा आज कोरोना पुष्टि भएको हो । उनी भारतको मुम्बईबाट सिधै मेची अस्पतालको आइसोलेसनमा हिजो भर्ना भएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए । उनीसहित कचनकवलमा कोरोना संक्रमितको संख्या १२८पुगेको छ । जसमध्ये ९९ जना निको भएर घर फर्किएका छन् । यसअघि मेची अस्पतालकै आइसोलेसनमा रहेका भद्रपुर ८ का ३४ वर्षिय पुरुषमा हिजो कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणको लक्षण देखिएर २ दिन अगाडि भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसियुमा राखेर उपचार गराइरहेका पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको थियो । पहिलो पटक हिजो मेची अस्पतालका विरामीमा कोरोनाको संक्रमण देखिएपछि आजबाट आइसियु कक्ष सिल गरिएको छ भने २५ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । आज अर्का विरामीमा समेत संक्रमण देखिएपछि अझ त्रास बढाएको छ । झापामा हालसम्म कोरोना संक्रमितको संख्या १७८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्