झापा , असार ७ । बन्दाबन्दीको अवधिमा अर्थात चैत ११ पछि झापाबाट ६ हजार २६५ जना नेपाल प्रवेश गरेका छन् ।

प्रदेश — १ मा सबैभन्दा धेरै झापाको काँकरभिट्टा —पानीटयांङकी नाकाबाट मानिस नेपाल आएका हुन् । लकडाउन भएपछि प्रदेश — १ का विभिन्न नाकाबाट ११ हजार नेपाली स्वदेश फर्किएका छन् । नेपालबाट भारत जानेको संख्या त्योभन्दा निकै बढी छ । १८ हजार तीन सय जना भारत फर्किएको प्रदेश प्रहरीले जनाएको छ । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ गतेसम्ममा इलामबाट ३२२, मोरङबाट २ हजार ६५८ र सुनसरीबाट १ हजार ३१ जना नेपाली भारतबाट नेपाल आएका छन् ।
नेपालबाट भारत जानेहरुमा झापाबाट १५ हजार ७१२ र मोरङबाट २ हजार ८ ८५ जना छन् । झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट मानिस आउनेजाने गरिरहेका छन् । इलामबाट भारत जानेको संख्या नगन्य छ ।
झापा, मोरङ र सुनसरी मुख्य चारवटा नाकाबाट नेपालीभन्दा ९ हजारबढी भारतीय घर गएका हुन् । भारतबाट फर्कनेलाई विभिन्न जिल्लाका पालिकामा निर्माण गरिएका होल्डिङ एरियामा राखेर ज्वरो जाँच गरी सम्बन्धित जिल्लामार्फत स्थानीय तहमा पठाउने गरिएको छ । तर, उनीहरुको पिसिआर परीक्षण भने गरिँदैन । भारत जानेको भने कुनै परीक्षण नै नगरी जान दिने गरिएको छ । नेपालमा समुदायमा कोरोना संक्रमण नभएकाले त्यसो गरिएको स्वास्थ्यसम्बद्ध अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्