झापा , असार ९ । भारत सरकारले बाबा रामदेवको कोरोना निको पार्ने भनिएको औषधि ‘कोरोनिल’ लाई परीक्षण नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाएको छ ।

चिकित्सासम्बन्धी मन्त्रालयले पतन्जलीको तर्फबाट कोरोनाको औषधि खोजी गरिसकेको दावीलाई लिएर मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले कथित वैज्ञानिक अध्ययनको दावीको वास्तविकता र विवरणका बारेमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ ।
पतन्जलीले आज ‘कोरोनिल टैबलेट’ र ’श्वासारि वटी’ नामक दुईवटा औषधि लन्च गरेको थियो । जसको बारेमा कम्पनीले योे औषधि कोभिड—१९ का संक्रमितका लागि आयुर्वेदिक उपचार भएको दावी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्